सोसल मिडिया
कपिलवस्तु / नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठक आज शुक्रबारबाट सुरु भएको छ । कपिलवस्तुस्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो २ बजेबाट बैठक सुरु भएको बताईएको छ ।
झण्डै हप्ता दिनसम्म चल्न सक्ने यो बैठकमा देशको समसामयिक परिस्थितिका विषयमा छलफल हुने जनाईएको छ ।
बैठकमा नेकपाका महासचिव विप्लवले रानीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । अहिले सबै केन्द्रिय सदस्यहरुलाई अध्ययनका लागि उक्त प्रतिवेदन वितरण गरिएको छ ।
बैठकमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना लगायत निर्वाचनका विषय जनतामा कसरी लाने भन्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिनुभयो । केन्द्रीय कमिटीको बैठकमा जनताको पक्षमा निर्णय हुने र नेताहरु एकमत हुने बताईएको छ ।
बैठक सुरु हुनुभन्दा पहिला कम्युनिष्ट पार्टीको गित पार्टीका सबै पदाधिकारीहरुले गाउनुभएको छ । पार्टी नेता हरिचन्द्र आचार्यले उपलब्ध गराउनुभएको यो भिडियो लिंक हामीले यहाँ राखेका छौ ।
https://www.facebook.com/100001111292819/videos/pcb.4895799163800412/381467136851516