Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा चाहियो ३०२ म्यादी प्रहरी

२०७८ चैत ४
tribeni2

आगामी बैशाख ३० गते हुने स्थानीइ तहको निर्वाचनको लागि रुकुम पूर्वमा म्यादी प्रहरीको माग भएको छ । आज शुक्रबार जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले एक सूचना प्रकाशन गरेर भर्नाको लागि जानकारी गराएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख तथा प्रहरी नायव उपरीक्षक गणेश बहादुर श्रेष्ठका अनुसार जिल्लामा ३ सय २ जना म्यादी प्रहरीको माग सहित सूचना जारी गरिएको हो ।

प्रहरी कार्यालयले निकालेको सूचना अनुसार इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन पाउनेछन् । १८ बर्ष पुरा भई ५४ बर्ष ननाघेका महिला पुरुष दुबैले आवेदन दिन पाउने छन् ।

आवेदन दिनेहरुले चैत १३ गते बिहान १० बजे जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा सम्पर्क गर्न जारी सुचनामा उल्लेख गरिएको छ । म्यादी प्रहरीको अन्तिम नतिजा चैत २२ गते प्रकाशन हुनेछ भने प्रशिक्षण २८ गतेबाट हुने प्रहरीले जजाएको छ । म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ ।

म्यादी प्रहरीले ३० हजार दुई सय ४० रुपैयाँ तलब, खाद्यान्नबापत सात हजार दुई सय रुपैयाँ र पोसाकबापत ६ हजार रुपैयाँ पाउनेछन् । चुनावमा खटिनुअघि उनीहरूले बाटो खर्च स्वरूप एक हजार रुपैयाँ पाउनेछन् भने उनीहरूको बीमा गरिदिने सरकारले यसअघि निकालेको सूचनामा उल्लेख छ ।

कार्यालयका अनुसार आवेदनको लागि नेपाली नागरिक, फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको कार्यकर्ता नरहेको, शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको र साधारण लेखपढ गर्न जान्ने हुनुपर्नेछ ।

गएको साउन १ गतेदेखि नेपाल प्रहरीमा भर्ना हुन आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, सेना र प्रहरीबाट अवकाश पाएका, विदेशी सुरक्षा निकायबाट अवकाश पाएका र विगतमा म्यादी प्रहरीमा छनोट भएर सन्तोषजनक काम गरेकाहरूलाई प्राथमिकता दिने डिएसपी श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्