Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते, दुईको अवस्था गम्भिर

२०७८ चैत ४
tribeni2

शुक्रबार रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटनामा परेर तीन जना घाईते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भिर रहेकोे प्रहरीले जनाएको छ ।

घाइतेहरुको परिचय भने खुल्न सकेको छैन् । घाइतेहरुलाई उपचारको लागि एम्बुलेन्समार्फत रुकुम पूर्व अस्पताल ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिनुभयो ।

राङ्सीबाट रुकुमकोटतर्फ आउदै गरेको रा १ च ३३७३ नम्बरको ट्याक्टर गर्खानी भन्ने ठाउँमा दुर्घटना भएको हो । ट्याक्टर सडकबाट साढे तीन सय मिटर तल खसेको बताइएको छ । चालक भने फरार रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  २०:०३
प्रतिक्रिया दिनुहोस्