Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्युठानबाट घोराहि आउँदै गरेको बस दुर्घटना, एक बालकको घटनास्थलमै मृत्यु

tribeni2

दांग / शनिबार बिहान प्युठानबाट दांगको घोराहि आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ ।

दुर्घटनामा एक बालकको घटनास्थमै ज्यान गएको छ भने दर्जनौ यात्रु घाईते भएका छन् । मृतक र घाईतेको पहिचान हुन सकेको छैन ।

प्युठानको माण्डवी गाउँपालिका २ सेतो पहल नजिकै बस बिहान करिब १० बजे दुर्घटना भएको हो ।

ना ३ ख ७१३२ नम्वरको बस दुर्घटना भएको हो । बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओली सहित स्थानीयवासीहरु उद्धारमा खटिएको बताईएको छ ।

घटनाको थप विवरण आउन बाँकि रहेको छ ।

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  १३:०३
प्रतिक्रिया दिनुहोस्