सोसल मिडिया
रुकुम पश्चिम / नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्यूनिष्ट लिग (वाइसीयल) नेपाल मुसिकोट नगरकमिटिको प्रथम भेला शनिबार मुसिकोटमा सम्पन्न भएको छ । भेलाले राजु विकको अध्यक्षतामा ७५ सदस्यीय नगरकमिटि चयन गरेको छ ।
भेलाबाट उपाध्यक्षमा विष्णु रेउले, मिनकुमार खड्का र झकेन्द्र केसी चयन हुनुभएको छ भने सचिवमा लोकेन्द्र कठायत, सह सचिवमा प्रविन ओली, रमेश आग्री, डिल्ली सन्यासी, मनबहादुर गिरी, गणेश ओली, खिमबहादुर घर्ती र टोपिलाल केसी चयन हुनुभएको छ ।
कमिटिको कोषाध्यक्ष सहित ६ सदस्य भने पहिलो बैठकले मनोनित गर्ने जनाईएको छ । वाइसीएलको नगर कमिटिको अनुशासन आयोगमा टिकाराम विष्ट र लेखा आयोगमा संगम पुनलाई चयन गरिएको छ ।
भेलामा माओवादी केन्द्रका नेता राजकुमार शर्मा, वसन्तकुमार शर्मा, वाइसीएलका कर्णाली प्रदेश सह-संयोजक शैलेशकुमार शर्मा, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका लगायतको उपस्थिति रहेको थियो ।