Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिपालु टोलका किसानलाई नि:शुल्क विषादी वितरण

२०७८ चैत ६
tribeni2

सानीभेरी गाउँपालिका वडा नम्वर ८ माथिल्लो आमडाँडाका किसानलाई नि:शुल्क रूपमा विषादी वितरण गरिएको छ । माथिल्लो आमडाँडाको शिपालु टोलमा किसानले लगाएको प्याजमा रोग लागेपछी नि:शुल्क विषादी उपलब्ध गराईएको हो ।

वडा अध्यक्ष शशिराम बुढाथोकीको अगुवाइमा विषादी खरिद गरि कृषकको बारीमै पुगेर वितरण गरिएको सानिभेरी गाउँपालिकाका कृषी प्राविधिक निर्मला भण्डारी केसीले बताउँनुभयो ।

वडाका १० जना किसानको बारीमै पुगेर विषादी वितरण गरिएको कृषि प्राविधिक भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  ०९:०३
प्रतिक्रिया दिनुहोस्