बैकिंग कसुर मुद्धामा उच्च अदालतबाट दोषी ठहरिएका काँग्रेस सभापति ओली सर्वोच्च अदालतमा

राजनीतिक उक्साहटमा मुद्धा हालेको दाबी

रुकुम पश्चिम / बैकिंग कसुर मुद्धामा उच्च अदालत सुर्खेतबाट कसुरदार ठहरिएका नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले उक्त मुद्धामा न्यायीक पुनरावलोकनको लागि आफुले सर्वोच्च अदालतमा मुद्धा हालेको बताउँनुभएको छ ।

आईतबार सामाजिक सञ्जाल फेसबुकमा बिभिन्न व्यक्तिहरुबाट उच्च अदालतबाट बैकिंग कसुर मुद्धामा भएको फैसला बारे बिभिन्न टिकाटिप्पणीहरु आएको भन्दै उहाँले आफुलाई राजनीतिक प्रतिशोध साँध्न गलत प्रचार गरिएको जानकारी दिनुभयो ।

व्यापारीक साझेदार रहेका व्यक्तिले राजनीतिक उक्साहटमा लागेर मुद्धा हालेको र आफुले सर्वोच्च अदालतमा मुद्धा दोहो¥याई पाउँ भनि मुद्धा हालेको जानकारी ओलीले गराउनुभएको छ । उहाँले आफुले कारोबार अनुसारको रकम सम्बन्धित व्यक्तिको खातामा जम्मा गरेको भन्दै जम्मा गरेको बैक भौचर सहितको स्टाटस सामाजिक सञ्जाल फेसबुकमा हान्नुभएको छ । उहाँले सर्वोच्च अदालतको फैसला नै अन्तिम हुने जनाउनुभएको छ ।

प्रेम प्रकाश ओली बिरुद्ध सानीभेरी गाउँपालिका १ का सुदिप बिकले बैकिंग कसुर बिषयमा मुद्धा हाल्नुभएको थियो । उहाँले प्रेम प्रकाश ओली मुख्य ठेकेदार रहेको चौरजहारी स्थित बसपार्क निर्माणको लागि पेटि ठेकेदारको जिम्मा लिएर काम सम्पन्न गरेको र पाउनुपर्ने रकम माग्दा पैसा नभएको खाली चेक दिएर आफुलाई झुक्काएको भन्दै मुद्धा हाल्नुभएको थियो ।

उक्त मुद्धाको सुनुवाई गर्दै उच्च अदालत सुर्खेतले गत असार १६ गते ओली बिरुद्ध फैसला गरेको थियो । माननीय न्यायाधीसद्वय राजेन्द्र सुवेदी र राजेन्द्र खरेलको सयुक्त फैसलाले वैकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ अनुसार प्रेमप्रकाश ओलीले कसुर गरेको फैसला गरेको थियो । प्रतिवादी ओलीलाई एक महिना कैद र सात लाख २३ हजार ७५० बिगो भराई २८ हजार ९५० क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १२:०३
प्रतिक्रिया दिनुहोस्