Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रेडपाण्डाको छाला सहित ४ जना पक्राउ

२०७८ चैत ६
tribeni2

बाँके / बाँकेमा रेडपाण्डाको छाला सहित ४ जना पक्राउ परेका छन ।

आइतबार जिल्लाको नेपालगंज उपमहानगरपालिका वडा नम्बर २ कोरियनपुरमा रहेको अन्जना होटेल एण्ड लजबाट त्रिपुरासुन्दरी नगरपालिका डोल्पाका हर्क बहादुर वि.क., सोहि ठाउँका विवेक बोहरा, रामकृष्ण शाही र ठुलोभेरी नगरपालिकाका सुकराम बि.क. पक्राउ परेका हुन ।

उक्त होटेलमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालाको खरिद विक्री भइरहेको सुचना पाएपछि बाँके कार्यालयबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपानेले बताउँनुभयो ।

प्रहरीले सोहि ठाउँबाट दुई थान रेडपाण्डाको छाला पनि बरामद गरेको बताएको छ ।

 

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १७:०३
प्रतिक्रिया दिनुहोस्