Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

समाजवाद उन्मुख विकासको नमूना रुकुमबाट सिक्नुपर्छ : मन्त्री भुसाल

अब बिद्युतको व्यापार गर्ने बेला आयो
२०७८ चैत ७
tribeni2

रुकुम पश्चिम / उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले रुकुम समाजवादको अभ्यासमा उदाहरणीय जिल्ला भएको बताउनुभएको छ । उहाँले रुकुमको संस्थागत र पारदर्शी विकास प्रक्रिया अन्य जिल्लाले समेत अनुशरण गर्नलायक रहेको समेत बताउँनुभएको छ ।

सोमबार रुकुम पश्चिमको मुसिकोटमा निर्मित बिद्युत सवस्टेशनको औपचारिक उद्घाटन समारोहमा बोल्नुहुदै मन्त्री भुसालले नेपाल अब बिद्युतमा आत्मर्निभर हुँदै गरेकोले बिद्युतको व्यापार गर्ने बेला आएको बताउँनुभयो ।

जलश्रोतले सम्पन्न रुकुममा भरपर्दो सेवाको लागि ३३/११ केभि, ३ एमभिए क्षमताको सवस्टेशन सञ्चालन गरिएको भन्दै मन्त्री भुसालले बिद्युतको उपयोग मार्फत साना र मझौला उद्योगले उत्पादन बढाउनुपर्ने उल्लेख गर्नुभयो । रुकुमका बिभिन्न स्थानहरुमा किलोवाट क्षमताका बिद्युत सञ्चालन गरिएकोले अब किलोवाटबाट मेघावाट बन्ने उहाँको भनाई छ ।

आर्थिक विकासको मुल आधार कृषि र वन क्षेत्र भएकोले यस क्षेत्रमा बिद्युतको उपयोगिता बढाउनुपर्नेम उहाँले जोड दिनुभयो । सरकारले सिँचाईमा ५० प्रतिशत बिद्युत महशुल छुट दिएकोले यहाँका खेतीयोग्य जमिनमा सिँचाई सुविधा पुग्ने र उत्पादन बृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । कोभिडको महासंकट बेहारेको मुलुकको अर्थतन्त्र उकास्न बिद्युतको उपयोगिता महत्वपूण हुने उहाँको भनाई छ ।
नेपाल सरकार र नेपाल बिद्युत प्राधिकरणको सयुक्त लगानीमा सञ्चालित मुसिकोट सवस्टेशनको उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दशन शर्माले सयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

यस अघि सल्यानको शितलपाटी सवस्टेशनबाट जिल्लामा ११ केभिको लाईन आईरहेको थियो । अब भने सव स्टेशनमा सल्यान हुँदै ३३ केभि क्षमताको प्रसारण लाईन आउने छ ।

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १५:०३
प्रतिक्रिया दिनुहोस्