Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बिद्युत सेवा आर्थिक क्रान्तिको अपरिहार्य साधन हो : मन्त्री शर्मा

गुणात्मक विकास र प्रभावकारी सेवामा बिद्युत अपरिहार्य
२०७८ चैत ७
tribeni2

रुकुम पश्चिम / अर्थमन्त्री जनार्दन शर्माले बिद्युत सेवा आर्थिक जीवन क्रान्तिको अपरिहार्य साधन भएकोले यसको उपयोग गर्नुपर्ने बताउँनुभएको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ धैरेनीचौरमा रहेको विद्युत सवस्टेशनको उद्घाटन समारोहमा बोल्नुहुदै अर्थमन्त्री जनार्दन शर्माले अबको गुणात्मक विकास र प्रभावकारी सेवामा बिद्युत अपरिहार्य रहेको जनाउँनुभयो ।

नेपाल सरकार र नेपाल बिद्युत प्राधिकरणको सँयुक्त लगानीमा सञ्चालित मुसिकोट सवस्टेशनको उद्घाटन समारोहमा मन्त्री शर्माले मुलुकले बेहोरिरहेको ब्यापार घाटा सामना गर्न बिद्युत सेवा प्रमुख माध्याम हुने उल्लेख गर्नुभयो । स्थानीय उत्पादन र उपयोगलाई प्राथमिकता दिन नसक्दा आयात बढिरहेकोले स्वदेशमै अर्थतन्त्रमा लगानी गर्न मन्त्री शर्माले आह्वान गर्नुभयो ।

ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन घरघरमा बिद्युत सेवा दिन सरकार लागिपरेको उहाँको भनाई छ ।

३३/११ के.भि., ३ एम.भि.ए. क्षमताको सवस्टेशनको उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुषाल र अर्थमन्त्री जनार्दन शर्माले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णालीलाई उज्यालो बनाउन लागिपरेको बताउँनुभयो । त्यसका लागि अर्थ मन्त्रालयबाट बजेट स्विकृत भएर काम समेत अघि बढेको उहाँले जानकारी दिनुभयो ।

४ वर्ष अघि सव स्टेशन निर्माणको काम सुरु भएतापनि कोभिड लगायतका कारणले तोकिएको समयभन्दा केही ढिला गरी निर्माण सकिएको थियो । निर्माण कार्य सम्पन्न भएपछि फागुन २ गतेदेखि उक्त सव स्टेशनबाट विद्युत सेवा प्रवाह सुरु भएको थियो ।

यसअघि जिल्लामा सल्यानको शितलपाटी सव स्टेशनबाट विद्युत आपुर्ति भइरहेको थियो । ११ केभिको प्रशारण लाइन झण्डै ८० किलोमिटर दुरी पार गरेर जिल्लामा ल्याईदा बिद्युत सेवा भरपर्दो थिएन् ।
जिल्लामै सवस्टेशन निर्माण भई संचालनमा आएपछि नियमित र सहज बिद्युत सेवा प्रवाह हुने बताईएको छ ।

नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले हाल जिल्लामा नेपाल बिद्युत प्राधिकरणका १५ हजार उपभोक्ता रहेका बताउनुभयो । उहाँले जिल्लाका ७३ वडा मध्यमा ५२ वटा वडामा बिद्युत पुगेको जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १६:०३
प्रतिक्रिया दिनुहोस्