Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा एकदिने निःशुल्क स्वास्थ्य शिविर

२०७८ चैत ८
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको अस्पतालमा एक दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको समन्वय तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

मंगलबार लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले कलशमा बत्ति बालेर शिविरको उद्धघाटन गर्नुभएको हो ।

शिविरको सुरुवात सभामुख घर्तीसँगै लुम्बिनी प्रदेशसभाका सदस्य तेजबहादुर ओली, जिल्ला समन्वय समितिका उपप्रमुख भिमकुमारी पुन, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का र डिएसपी गणेशबहादुर श्रेष्ठको प्रेसर जाँच गरेर गरिएको छ ।

शिविरमा नाक, कान, घाटी, बाल रोग र स्त्री रोग सम्बन्धि सेवा प्रदान भइरहेको छ । शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका विशेषज्ञ डाक्टरहरु स्त्रि तथा महिला रोग विशेषज्ञ डाक्टर नविन तिरुवा, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज चाँपागाइ, रेडियोलोजिस्ट डाक्टर सगुन मानन्धर र बाल रोग विशेषज्ञ डाक्टर सन्दिप शाक्यले सेवा दिइरहनुभएको छ ।

जिल्ला अस्पततालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गनेश चौधरीको अध्यक्षतामा उद्घाटन गरिएको उक्त शिविर कार्यक्रममा प्रदेशका सभामुख पूर्णबहादुर घर्तीको प्रमुख आतिथ्यता र प्रदेशसभाका सदस्य तेजबहादुर ओलीको विशेष आतीथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख भिमकुमारी पुन, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खडड्का, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) गनेशबहादुर श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गणेश ओली लगाएतको आतीथ्यता रहेको थियो ।

स्वास्थ्य कार्यालयका प्रमुख नारायन चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका रामप्रसाद भट्टराइले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १२:०३
प्रतिक्रिया दिनुहोस्