Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुक्मिणी माविमा यौनिकता सम्वन्धि अन्तरक्रिया

२०७८ चैत ८
tribeni2

रुकुम पुर्व / रुकुम पुर्वमा बृहत्तर यौनिकता शिक्षा तथा किशोरकिशोरी मैत्री सुचना कक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको सिस्ने गाउपालिका वडा नम्बर ५ मा रहेको रुक्मिणी माध्यामिक बिद्यालयमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।

मंगलबार सिद्दार्थ सामाजिक बिकास केन्द्र कपिलवस्तु रुपन्देहीको आयोजना र युएनएफपिए को आर्थिक सहयोग अन्तरक्रिया कार्यक्रम सन्चालन भएको हो

कार्यक्रममा यौन तथा यौनिकता भनेको के हो, बृहत्तर यौनिकता शिक्षा भनेको के हो लगाएतका बिषयहरुमा बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्लले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षणका क्रममा प्रधानाध्यापक मल्लले महिला र पुरुष बिच हुने बिभेदका कारण महिला तथा किशोरी ले खुलेर यौन सम्बन्धिका धारण राख्न नसकेको बताउनुभयो ।

यौनको बुझाई साघुरो मात्र भइ फराकिलो नभएका कारण यसले समाजमा बिकृती ल्याएको उहाँको भनाइ छ । प्रत्येक बिद्यालयमा विद्यार्थी हरुलाई यौन तथा यौनिकता शिक्षा सम्बन्धी जानकारी गराउनका लागि बृहत्तर यौनिकता शिक्षा पाठ्यक्रम मा नै समाबेश गर्नुपर्नेमा प्रधानाध्यापक मल्लले जोड दिनुभयो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश थापाको अध्यक्षतामा सन्चालन भएका अन्तरक्रिया कार्यक्रममा युएनएफपिए का जिल्ला सयोजक भुवन सेजुवाल, बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्ल, किशोर किशोरी मैत्री कक्षा सन्चालनका फोकल पर्सन भुपेन्द्र आचार्य लगायतको शिक्षक, बिद्यार्थी अभिभावक लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण युएनएफपिए का जिल्ला सयोजक सेजुवालले गर्नु भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १३:०३
प्रतिक्रिया दिनुहोस्