Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यान - दाङ सडकखण्डमा सुख्खा पहिरो जाँदा स्काभेटर पुरियो

tribeni2

सल्यान / राप्ती राजमार्ग अन्तर्गत सल्यान - दाङ सडकखण्ड बन्द भएको छ । सडक निर्माणको क्रममा सुख्खा पहिरो झरेपछि सडक बन्द भएको हो ।

सल्यानको कपुरकोट–३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथिबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्काभेटरका अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् ।

पहिरो झरेको ठाउँमा अर्को स्काभेटर भए पनि सडकको अवरोध हटाउन समस्या भएको र दाङबाट अर्को स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको छ । दिउँसोसम्ममा सडक सञ्चालनमा आउन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  ११:०३
प्रतिक्रिया दिनुहोस्