Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अनेम संघ क्रान्तिकारी सानीभेरी दोस्रो पुर्ण बैठक

२०७८ चैत ९
tribeni2

रुकुम पश्चिम / नेकपा माओबादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी सानीभेरी गाउँपालिकाको दोस्रो सम्मेलन पश्चात दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाको सिम्लीमा अनेम संघ क्रान्तिकारीको सम्मेलन पश्चात दोस्रो पुर्ण बैठक सम्पन्न भएको हो ।

बैठकमा प्रत्येक वडाका गाउँ कमिटीका सदस्यहरुले प्रतिनिधित्व गरेर संगठन, पार्टी र सरकारले गरेको बिकासको बारेमा रिपोटिङ गर्नुभएको थियो ।

त्यस्तै बैठकबाट संगठनमा रिक्त रहेका पदहरु परिपुर्ति गरिएको छ । बैठकले सबै वडाहरुमा भेला गर्ने र गठन भैसकेका वडाहरुमा बैठक बस्ने निर्णय गरेकाे  छ ।
यस्तै स्थानिय तहको निर्वाचनमा पार्टीको अभियानमा महिलाहरुको सक्रिय सहभागिताको लागी १५ जनाको महिला सुरक्षा समिति गठन गर्ने निर्णय भएको छ ।

अनेम संघ क्रान्तिकारी सानीभेरी गाउँपालिका अध्यक्ष नौमती डाँगी ओलीको अध्यक्षता बसेको बैठकमा नेकपा माओबादी केन्द्र प्रदेश कमिटी सदस्य तथा नर बहादुर पुन, गाउँपालिका पार्टी अध्यक्ष भुपालसिं ओली, पार्टी सचिब टेक बहादुर पुन, नेकपा माओबादी केन्द्र प्रदेश कमिटी सदस्य तथा अनेम संघ क्रान्तिकारी कर्णाली प्रदेश कमिटी सदस्य कमला रोका पुन र अनेम संघ क्रान्तिकारी कर्णाली प्रदेश कमिटी सदस्य इन्दिरा ओलीको आतिथ्यता रहेको थियो ।

बैठकको संचालन अनेम संघ क्रान्तिकारी सानीभेरी गाउँपालिका सचिब जयकुमारी बिकले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १३:०३
प्रतिक्रिया दिनुहोस्