सानीभेरीमा मुढा बनाउने तालिम सम्पन्न

२०७८ चैत ९

रुकुम पश्चिम / जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर २ मा मुढा बुनाई सम्बन्त्री आधारभुत सीप विकास तालिम सम्पन्न भएको छ ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मुढा बुनाई सम्बन्धि २० दिने आधारभुत सीप विकास तालिम सम्पन्न गरिएको हो ।

आर्थिक समृद्धिको आधार, लघु उद्यम मार्फत स्वरोजगार भन्ने नाराका साथ वडाका १३ जना महिलाहरुलाई मुढा बुनाई सम्बन्धि आधारभुत तालिम दिइएको हो ।

महिलाहरुलाई मुढा बुनाई सम्बन्धि सीप सिकाएर आत्मनिर्भर र व्यवसायिक बनाउन तालिम दिइएको वडा अध्यक्ष धर्मबहादुर पुनले बताउनुभयो । तालिममा बिर बहादुर खड्का र रेशम पुनले प्रशिक्षण दिनुभएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १३:०३
प्रतिक्रिया दिनुहोस्