Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा विद्युतिय राहदानी सेवा सुरु

tribeni2

रुकुम पश्चिम / जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले विद्युतिय राहदानी बनाउन सुरु गरेको छ ।

आइतबार देखि सर्वसाधरणहरुको सहज र छिटोका लागि जिल्लाबाटै ई(पासपोर्ट अर्थात विद्युतीय राहदानी बनाउन सुरु गरिएको जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्युतीय राहदानीका लागि अहिलेसम्म १२ जनाको आवेदन फारम सङकलन गरिएको छ ।आवेदन पेश भएको करिब १५ दिन भित्र राहदानी पाउने छन ।

अव जिल्लामै राहदानी बन्नेभएपछि काठमाडौ जानुपर्ने बाध्यताको हल भएको छ , राहदानी बनाउनेहरुको समय र पैसाको पनि बचत हुनेछ, प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नुभयो ।


विद्युतीय राहदानीका लागि ‘जिल्ला प्रशासन कार्यालयबाट अनलाईन फर्म भर्ने र कागजातहरु सिष्टममा अपलोड गर्नुपर्ने हुन्छ । अपलोड गर्ने कागजातहरु ४०० किलो वाईटभन्दा कम साईजको हुनुपर्ने भएकाले र राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेकाले मात्र ई(पासपोर्ट बनाउन सक्नेछन ।

विद्युतीय राहदानी दर्ताका लागि सेवाग्राही आफैले पनि अनलाइन दर्ता गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले त्यसको झन्डै ११ वर्षपछि ई–पासपोर्ट प्रयोगमा ल्याएको थियो ।

विभागले दिने राहदानीमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका विवरणहरू समाविष्ट हुन्छ । एमआरपीको तुलनामा ई–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने बताइएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १४:०३
प्रतिक्रिया दिनुहोस्