Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रेसिडेन्ट अवार्ड तथा रजत पदक २०७८ बाट 'जेबि सर' सम्मानित

प्याब्सनको केन्द्रीय सदस्यमा थापाको उम्मेदवारी
tribeni2

रुकुम पश्चिमको विजयश्वरी सेकेन्डरी ईङ्गलिस मिडियम बोर्डिङ स्कुलका प्रीन्सिपल जयबहादुर थापा (जेबि सर) प्रेसिडेन्ट अवार्ड २०७८ बाट सम्मानित हुनुभएको छ ।

निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) ले उहाँलाई प्रेसिडेन्ट अवार्ड तथा रजत पदक २०७८ द्वारा सम्मान गरेको हो ।

काठमाडौमा जारी प्याब्सनको १५औं राष्ट्रिय महाधिवेशनको अवसरमा उहाँलाई शिक्षा मन्त्री देवेन्द्र पौडेल, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, प्याब्सन केन्द्रीय अध्यक्ष टिकाराम पुरी लगायतले उहाँलाई सम्मान गर्नुभएको हो । निजि बिद्यालयहरुको संगठनमा रहि विद्यालयहरुको हकहित संरक्षण र शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै थापालाई सम्मानित गरिएको हो । 

थापा प्याब्सन केन्द्रीय सदस्यको उम्मेदवार पनि रहनु भएको प्याब्सन रुकुम पश्चिमका अध्यक्ष बिमल कुमार शर्माले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  ०८:०३
प्रतिक्रिया दिनुहोस्