Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अपहरणको नाटक गर्ने रुकुमका एक युवा सार्वजनिक

श्रीमतीलाई आफू अपहरणमा परेको भन्दै म्यासेज
tribeni2

दाङ / जिल्ला प्रहरी कार्यालय दाङले अपहरणको नाटक गर्ने व्यक्तिलाई सार्वजनिक गरेको छ । प्रहरीले बुधवार पत्रकार सम्मेलन मार्फत रुकुम पश्चिमको बाँफिकोट ९ घर भई हाल तुलसीपुर ४ नयाँबस्तीमा बस्दै आएका २४ बर्षिय जनक देवकोटालाई सार्वजनिक गरेको हो ।

देवकोटाले योजनाबद्ध तरिकाले शंकास्पद बस्तु राखेर आफु अपहरणमा परेको झुठ्ठो अपवाह फैलाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) मुकुन्द रिजालले सोहि ठाउँमा हरि प्रसाद रिजालले संचालन गरेको ड्राईगन कृषि फर्ममा काम गर्दै आएका देवकोटाले कृषि फर्म संचालक संग रकम अशुल्ने योजनाका साथ आफु अपहरणमा परेको नाटक गरेको रहस्य खुलेको जानकारी दिनुभयो ।

गत आईतवार अपहरणमा परेको सुचना प्रहरी कार्यालयमा पुगेपछि खोजी कार्य गर्ने क्रममा देवकोटालाई मंगलवार लमही नगरपालिका ९ अमिलिया नजिकैको जंगलमा फेला पारिएको प्रहरीले बताएको छ ।

गत फागुन २७ गते साँझ कृषि फर्म नजिकै शंकास्पद बस्तु राख्ने व्यक्ति पनि उनै देवकोटा रहेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका देवकोटाले रकम अशुल्नका लागी योजनाका साथ गत आईतवार तुलसीपुर बजार जान्छु भनि घरबाट निस्किएको र बेलुका पख श्रीमतीलाई मोवाईलबाट अपहरणमा परेको म्यासेज पठाएका थिए ।

पक्राउ परेका देवकोटा विरुद्ध विस्फोटक पदार्थ सम्बन्धी कसुर र झुठ्ठा अपवाह फैलाउन नहुने कसुरमा आवश्यक अनुसन्धान सुरु गरिएको डिएसपी रिजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  ०९:०३
प्रतिक्रिया दिनुहोस्