Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गर्भवती महिलालाई पहिलोपटक भिडियो एक्सरे सेवा

कम उमेरमै गर्भवती हुने धेरै
२०७८ चैत १०
tribeni2

रुकुम पूर्व / जिल्लाकाे सिस्ने गाउँपालिकाका गर्भवति महिलाहरुले पहिलो पटक अल्ट्रा साउण्ड (भिडियो एक्सरे) सेवा पाएका छन् ।

गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ नम्वरमा रहेका गर्भवति महिलाहरुलाई गाउँमै गएर अल्ट्रा साउण्ड सेवा प्रदान गरेको गाउँपालिकाले जनाएको छ । यो कार्यक्रम गाउँपालिकाभर सञ्चालन हुने बताईएको छ ।

गाउँपालिकाको ग्रामीण अल्ट्रा साउण्ड कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रमा रहेको प्वाङ स्वास्थ्य चौकीबाट उक्त सेवा सुरुवात गरिएकाे छ । गाउँपालिकाका अध्यक्ष कुमारी बरालले गर्भमा रहँदा बच्चाको अवस्था जाँच गरेर बच्चा र आमाको स्वास्थ्यमा जोखिम आँउन नदिन यस्तो कार्यक्रम सञ्चालन गरिएको बताउँनुभयो । पहिलो पटक दुई ओटा स्वास्थ्य चौकी मार्फत गाउँमै गएर ५४ जना गर्भवतीको स्वास्थ्य जाँच गरिएको अध्यक्ष बरालले जनाउँनुभयो ।

वडा नम्वर १ की सर्मिला बुढाले आफ्नो पेटको बच्चाको अवस्था भिडियो एक्सरे गरेर थाह पाउँने कुरा पहिलो पटक सुनेको बताउँनुभयो । गाउँमै स्थानीय सरकारले यस्तो व्यवस्था गरेपछि आफुहरु खुशि भएको उहाँको भनाई छ । वडा नम्वर २ की जमुना खड्काले पेटको बच्चाको अवस्था थाह पाउँदा आफु ढुक्क भएको बताउँनुभयो । बेलैमा बच्चा र आफ्नो अवस्था जान्न पाउँदा प्रसुति हुँदा ज्यान जोखिम नहुने खड्काको भनाई छ ।

वडा नम्वर २ को प्वाङ स्वास्थ्य चौकिमा गर्भवती महिलाको जाँच गर्दा वडा नम्वर १ र २ का २५ जना गर्भवति महिलाहरुले भिडियो एक्सरे गरेको गाउँपालिकाका स्वास्थ्य शाखाका सह संयोजक सिनियर अनमी पुष्पा ओलीले बताउँनुभयो । उहाँका अनुसार जाँच गरिएका मध्य तीन जनाको गर्भमा बच्चा उल्टो रहेको पाईएकोले प्रसुती हुने बेलामा थप सुविधा भएको अस्पतालमा जान सल्लाह दिईएको छ ।

त्यसैगरी गाउँपालिकाको वडा नम्वर ३ र ४ मा गरिएको जाँचमा २९ जनाले सेवा लिएका छन् । पोखरा स्वास्थ्य चौकीमा गरिएको जाँचमा १ जना गर्भवती महिलाको पेटमा जुम्ल्याह बच्चा रहेको पाईएको छ । अन्य सबैको अवस्था भने सामान्य रहेको जनाईएको छ । ग्रामीण स्वास्थ्य जाँच कार्यक्रममा गर्भ रहेको ६ हप्तादेखि नौ महिनासम्मका गर्भवती महिलाहरुको स्वास्थ्य र बच्चाको अवस्था जाँच हुने गरेको गाउँपालिकाका सिनियर अनमी धनमाया चन्दले बताउँनुभयो ।

कम उमेरमै गर्भवती हुने धेरै

भिडियो एक्सरे मार्फत गर्भ जाँच गराउने क्रममा धेरै जनाले कम उमेरमै विवाह गरेको तथ्य पाईएको छ । सानै उमेरमा विवाह गरेर र उमेर नपुग्दै गर्भवती हुने गरेकाहरुले पनि भिडियो एक्सरे सेवा लिएका छन् ।

स्वास्थ्य शाखाका सह संयोजक ओलीले प्वाङ स्वास्थ्य चौकिमा अल्ट्रा साउण्ड गरेका मध्य सात जना २० बर्ष मुनिका गर्भवती रहेको बताउँनुभयो । त्यसैगरी पोखरा स्वास्थ्य चौकीमा जाँच गरेका मध्य ९ जना गर्भवती २० बर्ष मुनिका रहेका थिए । यस तथ्यले बालविवाहको दर बढी रहेको प्रष्ट पार्ने ओलीले जनाउँनुभयो ।

उहाँहरुलाई नेपाल सरकारले बनाएको स्वास्थ्य मापदण्ड अनुसार अनिवार्य चार पटक स्वास्थ्य जाँच गर्न, तीन महिनापछि नियमित आईचन चक्कि खान स्वास्थ्य संस्थामै प्रसुतीको लागि सल्लाह दिएको सिनियर अनमी ओलीले बताउँनुभयो । जिल्लामा वाल विवाहको अवस्था डरलाग्दो रहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १४:०३
प्रतिक्रिया दिनुहोस्