Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रमुख प्रशासकीय अधिकृत विष्ट सम्मानित

२०७८ चैत १०
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपालसिं विष्ट सम्मानित हुनुभएको छ । विष्टले आफ्नो कार्यकालमा गाउँपालिकाको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै गाउँपालिकाले एक कार्यक्रमका बिच उहाँलाई सम्मान गरेको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्याङ्कनमा जिल्लाको कम बेरुजु आउने पालिकामा सानीभेरी गाउँपालिका उल्लेख भएको थियो । विष्टले यो कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पालिकाले उहाँलाई सम्मान गरेको गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताउँनुभयो ।

अधिकृत विष्टले गाउँपालिकालाई उचाई सम्म पुय्राउन थुप्रै सिर्जनात्मक कार्यहरु पनि गरेको र आगामी दिनहरुमा पनि महत्वपूर्ण सल्लाहऽ सुझाब र सहयोगको अपेक्षा गरेको पालिका अध्यक्ष पुनले उल्लेख गर्नुभयो ।

सम्मान कार्यक्रममा बोल्दै अधिकृत विष्टले आफ्नो कार्यकालमा पालिकाका थुप्रै प्रगति भएको र उक्त प्रगतिमा जनप्रतिनिधि तथा अन्य सबै कर्मचारीहरुको महत्वपूर्ण सहयोग र योगदानले सम्भव भएको बताउनुभयो ।

सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनको अध्यक्षता भएको सम्मान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा ओली, गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरु, वडा सचिवहरु र कार्यपालिकाका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन नायब सुब्बा तथा सूचना अधिकारी मिनाराम केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्