Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड

पूर्व खेलकुद मन्त्री रोकाद्वारा उद्घाटन
२०७८ चैत १०
tribeni2

रुकुम पूर्व / जिल्लाको सिस्ने गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । बिहिबार पूर्व खेलकुद मन्त्री तथा प्रतिनिधि सभा सदस्य कमला रोकाले एक कार्यक्रमका बिच सिस्ने गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा पूर्वमन्त्री रोकाले खेलकुदको माध्यमबाट राष्ट्रको योगदानमा सहयोग पु¥याउन अनुरोध गर्नुभयो । राष्ट्रको हितका लागि खडा हुनसक्ने खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने बताउँनुहुँदै उहाँले खेलाडीले आफ्नो लागि मात्र नभएर समग्र देशको समृद्धिको लागि सपना देख्नुपर्ने उल्लेख गर्नुभयो ।

‘देशले गर्व गर्न लायक खेलाडि बन्नुपर्छ,’ कार्यक्रममा पूर्वमन्त्री रोकाले भन्नुभयो, ‘खेलाडिलाई राज्यको तर्फबाट खेलाडी प्रोत्साहन हुनेछ ।’ उहाँले आफू खेलकुद मन्त्री हुँदा सुरु गरेका कार्यहरु अझै पुरा गर्न नसकेको स्मरण गराउँनु हुँदै राज्यले खेलाडीको प्रोत्साहन तथा उत्थानको लागि नविन कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सिस्ने गाउँपालिकाद्वारा आयोजित रनिङ शिल्ड आगामी १२ गतेसम्म सन्चालन हुने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मङ्गलसिङ बुढाले जानकारी दिनुभयो ।

खेलकुद कार्यक्रम गाउँपालिकाको वडा नम्बर ५ स्थित रुक्मिणी माविको खेल मैदानमा सुरु भएको हो । कार्यक्रममा विभिन्न बिधामा खेलकुद प्रतियोगिता हुने जनाईएको छ । छात्र र छात्रा भलिबल, एथलेटिक्स, दौड, ज्याबलिङ थ्रो, सट्फुट लगायतका प्रतियोगिता सन्चालन हुने शाखा प्रमुख बुढाले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तेज बहादुर वलि, सिस्ने गाउँपालिका उपाध्यक्ष गोबरधन बुढा, भुमे गाउँपालिकाका उपाध्यक्ष मनकुमारी बुढा, पुथा गाउँपालिकाका उपाध्यक्ष ओम कुमारी शाही, प्रमुख जिल्ला अधिकारी कृष्ण खड्का, प्रमुख अनुसन्धान अधिकृत सन्जिब कुमार चौधरी, जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रहरी निरीक्षक मान बहादुर बिसि, शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख तिलक गौतम, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरिबहादुर थापा, रुक्मिणि माविका प्रधानाध्यापक चन्द्रबहादुर लगायतको आथित्यता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्