Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

tribeni2

तनहुँ / अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको छ ।

बिहीबार न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीलाइ जबर्जस्ती करणी गरेकाे अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयाे ।

शाहविरुद्ध एक जना नाबालिका गायिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको अभियोग दर्ता भएकाे थियाे । पीडितले आफूमाथि पटकपटक करणी भएको बताएपछि उनका बाबुले शाह विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा यहि फागुन ११  गते किटानी जाहेरी दिनुभएकाे थियाे ।

जाहेरी परेपछि केही दिन फरार भएका शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरे । तर, अनुसन्धान जारी रहँदा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा पनि जाहेरी पर्‍यो ।

पललाई नवलपुर पुर्‍याएर बयान लिएको प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत ३ चैतमा मुद्दा दर्ता भएको थियो । तनहुँमा चाहिँ मंगलबार शाहविरुद्ध मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्