Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दैलेखमा जीप दुर्घटना, नौ जना घाइते

तीन जनालाई प्रदेश अस्पताल सुर्खेतमा रिफर
tribeni2

दैलेखमा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । दैलेख बजारबाट चामुण्डा विन्द्रासैनी नगरपालिका जाँदै गरेको लु २ च ४५५४ नम्बरको बोलेरो जीप नारायण नगरपालिका–२ जाहरकोटमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जीप दुर्घटनामा नौ जना घाइते भएको जानकारी दिनुभयो । घाइतेमध्ये ६ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । तीन जनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको प्रहरी निरीक्षक सुनारले बताउँनुभयो।

जीप चालक सुर्खेत मेहलकुनाका इन्द्रप्रसाद ज्ञवाली, चामुण्डाविन्द्रासैनी नगरपालिका–६ का सूर्य शाही र वडा नम्बर ४ का पूर्ण शाहीलाई थप उपचारका लागि सुर्खेत पठाइएको जानकारी दिनुभयो। बाटोमा गुडिरहेको गाडी अनियन्त्रित भएर भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्