Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शिक्षक सामाग्री प्रदर्शनीमा चङ्ख बिष्ट प्रथम

२०७८ चैत १०
tribeni2

रुकुम पूर्व / रुकुम पुर्वमा जिल्ला स्तरीय शिक्षक सामाग्री निर्माण तथा प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको छ ।

सिस्ने गाउँपालिका ५ मा रहेको रुक्मिणी माध्यमिक बिद्यालयमा प्रतियोगिता संचालन भएको हो । उक्त शिक्षक सामग्री निर्माण तथा प्रदर्शनी प्रतियोगितामा जिल्लाका ८ बिद्यालयका १६ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा बिज्ञानसंग सम्बन्धित उत्कृष्ट शिक्षक सामाग्री निर्माण तथा प्रदर्शन गरि रुक्मिणी माबिका शिक्षक चङ्ख बिष्टले प्रथम स्थान हासिल गर्नु भएको छ । यस्तै हिमालय माबि नायगाडका गणित शिक्षक पिताम्बर पोख्रेल द्दितिय र त्रिबेणी माबि काक्रीका शिक्षक तिल बहादुर बिकले तृतीय स्थान हासिल गर्नु भएको छ ।

सहभागी बिद्यालयबाट बिज्ञान र गणित बिषयका २/२ जना शिक्षकहरुले आ-आफ्ना शैक्षिक सामाग्रीहरु निर्माण गरि प्रदर्शन गरेका थिए ।

सामाजिक विकास डिभिजन कार्यालय दाङको आयोजना तथा आर्थिक सहयोगमा प्रतियोगीता सन्चालन गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  २०:०३
प्रतिक्रिया दिनुहोस्