Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बम विस्फोटमा परि एकजना गम्भीर घाइते

tribeni2

रामेछाप /  रामेछापको बम विस्फोटमा परि एक जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको रामेछाप नगरपालिका–४ हिमगङ्गाको धारापानी बसेरीमा रहेकाे लिखु नदीमा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा बम विस्फोट हुँदा एकजना गम्भीर घाइते भएका हुन। 

बम विस्फोट मा परि रामेछाप नगरपालिका–४ हिमगङ्गाका ३४ वर्षीय टुकबहादुर श्रेष्ठ गम्भीर घाइते हुनुभएकाे छ । घाइते श्रेष्ठको स्थानीय साँघुटार स्वास्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशङ्कर श्रेष्ठले जानकारी दिनुभयाे । घाइते श्रेष्ठको काठमाण्डाैकाे टिचिङ अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

उहाँका अनुसार माछा मार्न विस्फोटक पदार्थसहित श्रेष्ठसँगै गएका अन्य तीन जनालाई प्रहरीले लिखु नदीबाट पक्राउ गरेको छ । सिन्धुली जिल्ला कमलामाई नगरपालिका–५ का ३० वर्षीय बुद्ध लामा र वडा नं–४ का ५२ वर्षीय रामबहादुर विक तथा भद्रकाली गाउँपालिकाका २९ वर्षीय निल लामालाई प्रहरीले रामेछाप नगरपालिका–४ हिमगङ्गा धारपानीबाट पक्राउ गरेकाे हाे । 

प्रहरीले नियन्त्रणमा लिइएका तीन जनालाई विस्फाेटक पदार्थ ऐनअनुसार मुद्दा दर्ता गरी म्याद थपसहित कारबाहीका लागि अनुसन्धान बढाइने जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १४:०३
प्रतिक्रिया दिनुहोस्