Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अगुवा कृषकहरुका लागि जलवायूमैत्री कृषि सम्बन्धी तालिम सम्पन्न

tribeni2

रुकुम पश्चिम / मुसिकोट नगरपालिकामा ४ चापामा अगुवा कृषकहरुका लागि २ दिने जलबायूमैत्री कृषि खेती सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।

तरकारी बिउ उत्पादन केन्द्र चापामा हिजो १० गतेदेखि तालिम संचालन भइ आज सम्पन्न भएको हो ।

वन तथा वातवरण मन्त्रालय र कृषि विकासका लागि अन्तराष्ट्रिय कोषको संयुक्त लगानीमा संचालित पहाडी साना किसानका लागि अनुकूलन आयोजना रुकुमको आयोजनामा उक्त तालिम आयोजना गरिएको हो ।

जलवायूमैत्री जैबिक खेती प्रवर्द्धनमा टेवा पुर्याउने, अगुवा किसानहरुलाई प्रबिधिमा पहुँच पुर्याउने उदेश्यका साथ यो तालिम संचालन गरिएको पहाडी साना किसानका लागि अनुकूलन आयोजना रुकुमका कृषि बिज्ञ शंकर न्यौपानेले जानकारी दिनुभयो ।

तालिमबाट जलबायूमैत्री कृषि उत्पादन, बालि उत्पादनमा हुने समस्याहरु र समाधानका उपायहरु, कृषक पाठशाला संचालन, पशुपालन सम्बन्धी समस्या र समाधानका उपयहरु, जैबिक बिषादि निर्माण तथा प्रयोगबारे जानकारी तथा प्रयोगात्मक सीप हासिल गरेको अगुवा कृषक भिम बहादुर खत्रीले बताउनु भयो ।

तालिममा सानीभेरी गाउँपालिका, त्रिबेणी गाउँपालिकाका र चौरजहारी नगरपालिकाका २० जना अगुवा कृषकहरुको सहभागिता रहेको थियो भने कृषि विकास कार्यालयका प्राबिधिक सहायक महेश कुमर बिष्ट, भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय रुकुमका पशु चिकित्सक डा. बिमला शर्मा, तरकारी बिउ उत्पादन केन्द्र चापाका नायब प्राबिधिक सहायक टिकाराम वलीले तालिमको सहजिकरण गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १६:०३
प्रतिक्रिया दिनुहोस्