Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा म्यादी प्रहरीमा माग भन्दा तेब्बर बढी आवेदन

रुकुम पश्चिममा २ हजार १० र रुकुम पूर्वमा ८९१ जनाको दरखास्त
२०७८ चैत ११
tribeni2

रुकुम / आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि खुलेको म्यादि प्रहरीमा भर्ना हुनलाई रुकुम पश्चिममा माग भन्दा तेब्बर बढीले दरखास्त दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरिक्षक डेकेन्द्र शर्माका अनुसार दरखास्त लिनको अन्तिम दिन शुक्रबार बेलुका ५ बजेसम्म दुई हजार दश जनाको आवेदन परेको छ । प्रहरी कार्यालयले ६७७ जना म्यादि प्रहरी भर्नाको लागि दरखास्त आह्वान गरेको थियो ।

म्यादि प्रहरीमा भर्नाको लागि दरखास्त दिनेहरुमा ५०६ जना महिला रहेका छन् भने १ हजार ५०४ जना पुरुष रहेका छन् । प्रहरी निरिक्षक शर्माले गत चैत ६ गतेबाट लिईएको दरखास्त आज शुक्रबार बेलुका ५ बजेबाट बन्द भएको जनाउनुभयो ।

उहाँले चैत १५ गतेबाट भर्ना छनौट सुरु गरिने जानकारी दिनुभयो । चैत २२ गते अन्तिम नजिता प्रकाशन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रुकुम पूर्वमा ८९१ जनाको आवेदन

त्यसैगरी रुकुम पूर्वमा ८९१ जनाले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले ३०२ जना म्यादि प्रहरी आवश्यकताको लागि आवेदन माग गरेको थियो । दरखास्त दिएकाहरुमा ६८७ जना पुरुष र २०४ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरिक्षक दिपेन्द्र बाँनियाले जानकारी दिनुभयो ।

रुकुम पूर्वमा पनि १५ गते देखि छनौट सुरु भई २२ गते नतिजा प्रकाशन हुनेछ ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिएका हुन् । म्यादी प्रहरीले ४० दिन काम गर्नुपर्ने र त्यसका लागि ३० हजार २४० रुपैँया तलब तोकिएको छ। त्यसका अलावा खाद्यान्नबापत ७ हजार दुई सय र खाद्यान्नबापत ६ हजार भत्ता तोकिएको छ भने एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  २०:०३
प्रतिक्रिया दिनुहोस्