Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पातुखोलामा एक युवकको शव भेटियो

मृतक युवक तीन दिनदेखि हराइरहेका थिए
tribeni2

रुकुम पश्चिम / जिल्लाको मुसिकोट नगरपालिका १ पातुखोलामा एक युवकको शव भेटिएको छ । बाँफिकोट गाउँपालिका वडा नम्वर ८ दुलि घर भएका अन्दाजी १८ बर्षका करण पुनमगरको शनिबार बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार पालुखोलामा रहेको बंगुर फर्मभन्दा माथिको भिरमा उनको शव भेटिएको हो । भिरबाट खसेर ज्यान गएको हुन सक्ने उहाँले बताउँनुभयो । 

पातुखोला स्थित फुपुको घरमा बस्दै आएका करण १० गते देखि हराएका थिए । कक्षा १० मा अध्ययनरत करणको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा लिने तयारी भईरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  १०:०३
प्रतिक्रिया दिनुहोस्