Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अभाव र चुनौतिका बावजुद सञ्चार माध्यामहरुले जनतालाई सूसुचित बनाएका छन् : पूर्वमन्त्री शर्मा

रेडियो सानोभरीको भवन शिलान्यास
२०७८ चैत १२
tribeni2

रुकुम पश्चिम / कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले बिभिन्न अभाव र चुनौतिका बावजुद सञ्चार माध्यामहरुले जनतालाई सूसुचित गरेको बताउँनुभएको छ ।

शनिबार रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १ मा सामुदायीक रेडियो सानोभेरी एफ.एम.को भवन शिलान्यास गर्नुहुदै कर्णाली प्रदेश सभा सदस्य समेत रहनु भएका शर्माले राज्यले प्रशस्त मात्रामा संचार माध्याम र संचारकर्मीको हितको लागि बजेट व्यवस्थान गर्न नसक्दा संचार जगतमा फड्को मार्न नसकेको उल्लेख गर्नुभयो ।

संचार माध्यामलाई सहयोग गर्नु, संचालनमा सहजता दिलाउनु सरकारको दायित्व भएको समेत शर्माले जनाउँनुभयो ।

शिलान्यास कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख देविलाल गौतमले जनताको सूचनाको साथी रेडियो नै भएको र अब आफ्नै भवनबाट रेडियो सञ्चालन हुन लागेकोले थप प्रभावकारी र तथ्य सूचना पाउँने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकार र रेडियोको समन्वयात्मक भुमिकामा समाजको सृमृद्धिका क्षेत्रमा थप काम गर्न सकिने उल्लेख गर्नुभयो ।

यस बर्ष दुईतले भवन तयार हुने र त्यसका लागि कर्णाली प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको रेडियोका स्टेशन मेनेजर  ध्रुवबिक्रम बुढाथोकीले जानकारी दिनुभयो । मुसिकोट नगरपालिका मार्फत भवन निर्माणको योजना कार्यान्वयन हुने बताउँदै उहाँले श्रोत जुटाएर भवन ५ तलाको बनाईने उल्लेख गर्नुभयो ।

१४ बर्ष पहिला देखि सञ्चालनमा आएको रेडियो सानोभरी एम.एम.रुकुम पश्चिम लगायत यस क्षेत्रका करिब १५ जिल्लामा सुनिदै आएको स्टेशन मेनेजर बुढाथोकीले जानकारी दिनुभयो । दुई ओटा फ्रिक्वेन्सी (१००.८. र ८९.२ मेघाहर्ज) का सञ्चालनमा रहेको रेडियो ५०० वाट क्षमताको रहेको छ ।

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  १२:०३
प्रतिक्रिया दिनुहोस्