Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गजल - केशव खड्का

tribeni2

गजल

आगो हो जानी सकेपछि हमेशा छेउ पर्न हुँदैन
बिस्तारै बोल्नु मालिकसँग यस्तो कुरा गर्नु हुँदैन

सरकारी अनुदान यसपाला दोब्बर बनाइएको छ
अब हलगोरु पाल्नु पर्दैन,टारीमा धान छर्न हुँदैन

हो म असामी हौं त्यसकारण काम लागीरहने छु
साहुजी तपाईको ऋण तिर्न पनि म मर्न हुँदैन

पोहोर साल भोट मागेका नेताले भनि गएका छन
अब कोही लाहुर पस्नु पर्दैन,मुग्लान झर्न हुँदैन

कस्तो मज्जाको कानुन बनेछ यसपटक देशमा
वनमा जरायोहरु दगुर्न हुर्दन, हरिण चर्न हुँदैन

हेर्नुहोस गाउँमै रेल आउने कुरा पक्का भएसकेछ
बा आमा हामी ठाउँ छाड्न हुदैन बसाई सर्न हुँदैन ।

- केशव खड्का

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  १५:०३
प्रतिक्रिया दिनुहोस्