Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेको राष्ट्रपति रनिङ शिल्ड रुक्मिणीको हातमा

२०७८ चैत १२
tribeni2

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले सञ्चालन गरेको पालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डमा रुक्मिणी माविले प्रथम स्थान हाँसिल गरेको छ । सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको रुक्मिणी माविले ९ स्वर्णसहित ३ रजत र ६ कास्यसहित १७ पदक जितेर प्रथम स्थान हाँसिल गर्दै शिल्ड हात पारेको हो ।

यस्तै सिस्ने गाउँपालिका वडा नम्बर ६ मा रहेको त्रिभुवन जनता मावि छिप्रीदह दोस्रो भएको छ । उसले ६ स्वर्णसहित एक रजत, २ कास्य गरी ९ पदक हात पार्दै दोस्रो स्थान हासिल गरेको सिस्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुुद शाखाका प्राविधिक सहायक नरेन्द्र ओलीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार ५ स्वर्ण, एक रजत र ४ कास्यसहित १० पदक जितेर सिस्ने २ नम्बर वडामा रहेको हिमालय मावी नयागाड तेस्रो स्थान हासिल गर्न सफल भएको छ भने ३ स्वर्ण, १० रजत र ४ कास्यसहित १७ पदक जितेर वडा नम्बर ३ मा रहेको जनता मावि पोखराले सान्त्वना स्थान हासिल गर्न सफल भएको छ ।

चैत्र १० गतेबाट रुक्मिणी माविमा सञ्चालन गरिएको शिल्डमा गाउँपालिका भित्रका १० वटा विद्यालयले भाग लिएका थिए । तीन दिन चलेको शिल्ड शान्त र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ । शिल्डमा भलिबल, दौडतर्फ २००, ४००, ८००, १५०० र ३०० मिटरको र हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याब्लिङ थ्रो लगाएतका प्रतियोगिताहरु सञ्चालन गरिएको प्राविधिक सहायक ओलीले बताउनुभएको छ ।

आजै सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतामा भएको शिल्ड समापन कार्यक्रममा प्रतिनीधि सभा सदस्य कमला रोकाको प्रमुख आतीथ्यता रहेको थियो ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ, विद्यार्थीलगाएत खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन रुक्मिणी माविका शिक्षक घनश्याम दाहालले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  २०:०३
प्रतिक्रिया दिनुहोस्