Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
होली

तराईमा होलीः झडप र छुरा हानाहान

एक जनाको मृत्यु, ६ जना घाईते
काठमाडौं ७ चैत ।
tribeni2

 

फागु पर्ब अर्थात होली आज तराईमधेसका विभिन्न जिल्लामा मनाईएको छ । होली मनाउने क्रममा सुनसरीकोे धरानमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

धरान–७ बगैचा लाइनमा छुरा प्रहारबाट धरान–८ का २० बर्षिय निमा तामाङको मृत्यु भएको हो । झडपमा अर्का एक जना घाइते भएका छन् ।
घाइते धरान–८ का १७ बर्षिय मिलन बिकको छातीमा चोट लागेको छ । घटनामा खुकुरी प्रहार गर्ने चार जनाको समुह फरार रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यस्तै रौतहटमा पनि होली मनाउने क्रममा झडप भएको छ । गुजरा नगरपालिका ९ सिमरा भवानीपुरमा होली खेल्ने क्रममा माटोको भाडा (मटका) फुटाउने क्रममा दुई पक्षबीच विवाद भएपपछी मिलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको हो ।
झडपमा परी ३ जना प्रहरी र २ जना स्थानीय घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक सन्तोष पाठकले जानकारी दिए ।

झडपमा स्थानिय सागर चौधरी र निरज चौधरी घाइते भएका छन । यस्तै प्रहरी हबल्दार ईश्वर बहादुर बिष्ट, प्रहरी जवान द्धय पवन कार्की र पिताम्बर काफ्ले घाइते छन् ।

स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । प्रहरीले झडपका क्रममा ४ जनालाई नियन्त्रणमा लिएको छ ।
अर्जुन चौधरी, सुकेश्वर चौधरी, पप्पु चौधरी र दिपेश चौधरीलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै दाङमा बहिनीलाई जबरजस्ती होली नदल्न आग्रह गर्दा दाजु माथि युवाहरुले निर्घात कुटपिट गरेका छन् । तुलसीपुर उपमहानगरपालिका १८ का जितबहादुर चौधरीमाथि युवाहरुको एक समुहले निर्घात कुटपिट गरेको हो ।

कुटपिटमा संलग्न एकजना स्थानीय युवालाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुरमा होली खेल्ने क्रममा घरको छतवाट लडेर बेलुवा अमृतटोलका १२ बर्षीय विप्लव केसी गम्भीर घाइते भएका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  २२:०३
प्रतिक्रिया दिनुहोस्