Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
स्थानीय तह निर्वाचन

रुकुम पूर्वमा ३३ हजार ५१८ मतदाता, ३५ मतदानस्थल र ४९ मतदान केन्द्र रहने

२०७८ चैत १४
tribeni2

रुकुम पूर्व / स्थानीय तह निर्वाचन २०७९ को प्रयोजनका लागि रुकुम पूर्व जिल्लाको अन्तिम मतदाता विवरण सार्वजनिक गरिएको छ ।

आईतबार निर्वाचन आयोगले रुकमु पूर्वमा ३३ हजार ५१८ जना मतदाता रहेको विवरण सार्वजनिक गरेको छ । जसमध्ये १६ हजार ८९४ पुरुष र १६ हजार ६२४ जना महिला रहेका छन् । जिल्लामा ३५ मतदानस्थल र ४९ मतदान केन्द्र रहने भएका छन् ।

जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीका अनुसार जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ५ हजार ७२५ जना पुरुष र ५ हजार ५२८ जना महिला गरेर जम्मा ११ हजार २५३ मतदाता रहेका छन् । उहाँका अनुसार पुथा उत्तरगंगामा मतदानस्थल १५ रहेका छन् भने मतदान केन्द्र १९ ओटा रहेका छन् ।

त्यसैगरी भूमे गाउँपालिकामा जम्मा मतदाता ११ हजार ३५२ जना रहेका छन् । जसमध्ये ५ हजार ७१८ पुरुषा र ५ हजार ६३४ जना महिला रहेका छन् । भूमेमा ९ मतदानस्थल रहका छन् भने १५ ओटा मतदान केन्द्र तोकिएको छ ।

जिल्लाको सिस्ने गाउँपालिका १० हजार ९१३ जना मतदाता रहेका छन् । ५ हजार ४५१ पुरुष र ५ हजार ४६२ जना महिला सिस्नेका मतदाता रहेका हुन् । सिस्नेमा मतदानस्थल ११ रहको जनाईएको छ भने मतदान केन्द्र १५ ओटा रहेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  ०७:०३
प्रतिक्रिया दिनुहोस्