Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
स्थानीय तह निर्वाचन

रुकुम पश्चिममा १ लाख ४ हजार ४८२ ले मतदान गर्न पाउँने, ७६ मतदानस्थल र १३९ मतदान केन्द्र

मुसिकोट नगरपालिकामा सबैभन्दा धेरै मतदाता
स्थानीय तह निर्वाचन
tribeni2

रुकुम पश्चिम / आगामी स्थानीय तह निर्वाचनमा रुकुम पश्चिममा १ लाख ४ हजार ४८२ मतदाताले मतदान गर्न पाउने भएका छन् । जसमा ५२ हजार ७ सय ६७ जना पुरुष र ५१ हजार ७ सय १४ जना महिला मतदाता रहेका छन् ।

निर्वाचन आयोगले आईतबार सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका सबै स्थानीय तहहमध्ये मुसिकोट नगरपालिकामा सबैभन्दा धेरै मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लका अनुसार मुसिकोटमा २२ हजार १९७ जना मतदाता रहेका छन् । जसमध्ये १० हजार ९१९ पुरुष र ११२७८ जना महिला रहेका छन् । मुसिकोटमा १५ मतदानस्थल र २९ मतदान केन्द्र कायम गरिएको छ ।

जिल्लाको आठबिसकोट नगरपालिकामा १० हजार ८८० पुरुष र ९ हजार ८२८ जना महिला गरेर जम्मा २० हजार ७०८ जना मतदाता रहेका छन् । यहाँ १६ ओटा मतदानस्थल र २७ ओटा मतदान केन्द्र तोकिएको छ ।

चौरजहारी नगरपालिकामा रहेका १९ हजार १०८ जना मतदाता मध्य ९ हजार ५६६ जना पुरुष छन् भने ९ हजार ५४२ जना महिला मतदाता रहेका छन् । चौरजहारीमा १४ ओटा मतदानस्थल तोकिएको छ भने २६ ओटा मतदान केन्द्र तोकिएको छ ।

यस्तै सानीभेरी गाउँपालिकामा १४ हजार ४०६ जना मतदाता रहेका छन् । जसमध्ये ७ हजार ३६३ जना पुरुष र ७ हजार ४३ जना महिला मतदाता रहेका छन् । यहाँ ११ ओटा मतदानस्थल र १९ ओटा मतदान केन्द्र रहने जनाईएको छ ।

जिल्लाको त्रिवेणि गाउँपालिकामा ७ हजार ९४ जना पुरुष, ७ हजार २४१ जना महिला र एक जना अन्य गरेर जम्मा १४ हजार ३३६ जना मतदाता रहेका छन् । त्रिवेणीमा १० ओटा मतदानस्थल र २० ओटा मतदान केन्द्र रहनेछन् ।

बाँफिकोट गाउँपालिकामा १३ हजार ७२७ जना मतदाता रहेका छन् । जसमध्य ६ हजार ९४५ जना पुरुष र ६ हजार ७८२ जना महिला रहेका छन् । बाँफिकोट गाउँपालिकामा १० ओटा मतदानस्थल र १८ ओटा मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार जिल्लाभरि मतदान स्थलको संख्या ७६ र मतदाना केन्द्र १३९ रहेका छन् ।

निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली तय गरेको थियो । जसअनुसार ३० वैशाखको निर्वाचनमा देशभर १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन् ।

यो पाँच वर्षको स्थानीय निवार्चनमा झण्डै ३७ लाख बढी मतदाता हो । २०७४ को स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए । यो पटक ३६ लाख ५९ हजार दुई सय ९९ सय बढेर १ करोड ७७ लाख पुगेको हो ।

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  ०७:०३
प्रतिक्रिया दिनुहोस्