Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

महालक्ष्मीद्वारा मृत्यु दाबी रकम भुक्तानी

बीमाको महत्त्व र आवश्यकताबारे जानकारी
tribeni2

रुकुम पश्चिम / महालक्ष्मी लाईफ इन्स्योरेन्सले मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।

बाँफिकोट गाउँपालिका वडा नम्बर ९ निवासी करिश्मा दाहाललाई महालक्ष्मी लाईफ इन्स्योरेन्स मुसिकोट कार्यालयले ५ लाख ५० हजारको चेक हस्तान्तरण गरेको हो । करिश्माका ३० बर्षिय बुवा सेतुराम दाहालको उपचारका क्रममा अल्पाआयुमै असामयिक निधन भएको थियो ।

आईतबार मृतकप्रती श्रदान्जली व्यक्त गर्दै मृतकको छोरीलाई मृत्युदाबी रकम भुक्तानी गरेको कार्यालय प्रमुख ब्युझना पुन देवकोटाले बताउँनुभयो । मृत्यु दाबी भुक्तानी बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर के.सी. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. मुसिकोट कार्यालयका प्रमुख ब्युझना पुन देवकोटाद्वारा मृतकका इच्छाएको व्यक्ती (छोरी) लाई हस्तान्तरण गरिएको हो ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. मुसिकोट कार्यालयका प्रमुख देवकोटाका अनुसार मृतक दाहालले आफू जीवित रहँदा आर्थिक बचत, मुनाफा, जीवन सुरक्षा हुने र आफू नरहे आफ्नो सन्तति तथा आस्रित परिवारको सुरक्षीत र सुनौलो भविष्यको लागि भन्दै दाहालले ५ लाख रुपैयाँको जीवन बीमा गर्नुभएको थियो ।

उहाँले बीमाको दुई किस्ता जम्मा गर्नुभएको थियो । नीज दाहालको टाउकोमा देखिएको समस्याका कारण उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो ।

मृत्यु दाबी रकम हस्तान्तरण कार्यक्रममा बाँफिकोटका उपाध्यक्ष मनकला पुन, बिभिन्न वडाका वडा अध्यक्षहरु, युवासँग महालक्ष्मी लाईफ बीमा जागरण राष्ट्रिय अभियानका केन्द्रिय सदस्य लक्ष्मी के.सी., अभियानका जिल्ला सदस्य नवीनप्रसाद शर्मा लगायतको उपस्थिती रहेको थियो । गाउँपालिका अध्यक्ष धर्म बहादुर के.सी.को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मुसिकोट कार्यालयका प्रमुख ब्युझना पुनले गर्नुभएको थियो।

बीमाको महत्त्व र आवश्यकताबारे जानकारी

उक्त कार्यक्रममा प्रमुख देवकोटाले जीवन बीमाको महत्त्व र आवश्यकताबारे जानकारी गराउँनुभएको थियो ।

गाउँपालिका अध्यक्ष केसीले जीवन बीमा मानव जीवनका लागि जीबित रहदा आर्थिक, बचत मुनाफा र जीवन सुरक्षाको ग्यारेन्टी हुने बताउँनुभयाे । उहाँले अनिश्चित जीवनको निश्चित मृत्यु पश्चात् आफ्नो सन्तति अर्थात आस्रित परिवारको सुनौलो भविष्य निर्माणमा टेवा पुग्ने भएकाले जीवन बीमाको पहुँच सबै बर्ग, समुदाय र दुरदराजका क्षेत्रसम्म पुर्याउन सबैको महत्वपूर्ण भुमिका रहनुपर्ने बताउनुभयो ।

यो पनि पढौ ...

यसकारण बीमा गर्न बिलम्ब नगरौं

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  ०८:०३
प्रतिक्रिया दिनुहोस्