Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा राष्ट्रिय दल बाहेकका ७ दलले निर्वाचनमा भाग लिने, कुन जिल्लामा कति ?

tribeni2

रुकुम पश्चिम / आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रुकुम पश्चिमबाट ७ दलले भाग लिने भएका छन् ।

सोमबार निर्वाचन आयोगले काठमाडौमाआयोजना गरेको नियमित पत्रकार सम्मेलन प्रवक्ता शालिग्राम शर्मा पौडेलले रुकुम पश्चिममा राष्ट्रिय दल बाहेकका ७ दलले निर्वाचनमा भाग लिने जानकारी दिनुभयो । त्यसैगरी रुकुम पूर्वमा पनि राष्ट्रिय दल बाहेकका ७ दलले नै चुनावमा भाग लिन पाउनेछन् ।

काठमाडौंमा राष्ट्रिय दल बाहेक ४० दलले निर्वाचनमा भाग लिने र राष्ट्रिय ६ दलसहित काठमाडौंमा ४६ दलले निर्वाचनमा भाग लिने छन् ।

यसैगरी, सबैभन्दा कम दल मनाङ र मुस्ताङमा रहेका छन् । प्रवक्ता पौडेलका अनुसार मनाङ र मुस्ताङमा राष्ट्रिय दलबाहेक पाँच पाँच दल स्थानीय निर्वाचनका लागि दर्ता भएका छन् ।
आयोगले राष्ट्रिय दलबाहेक ७३ वटा दल निर्वाचन आयोगमा दर्ता भएको जनाएको छ ।

तीमध्ये ताप्लेजुङमा नौ, पाँचथरमा आठ, इलाममा ११, सङ्खुवासभामा ११ तेह्रथुममा नौ, धनकुटा १२, भोजपुर १० खोटाङ १३, सोलुखुम्बु १३, ओखलढुङ्गा १३, उदयपुर २२, झापा ३०, मोरङ ३३, सुनसरी ३२, सप्तरी २८, सिरहा २६, धनुषा २६, महोत्तर २०, सर्लाही २९, रौतहट ३०, बारा २९ र पर्सा २७ दलले निर्वाचनमा भाग लिने जानकारी उहाँले दिनुभयो ।

यसैगरी, दोलखा १६, रामेछाप १८, सिन्धुली २०, काभ्रेपलाञ्चोक २४, सिन्धुपाल्चोक १९, रसुवा १२, नुवाकोट २२, धादिङ २१, चितवन २८, मकवानपुर २४, भक्तपुर २८, ललितपुर ३१, काठमाडौं ४०, गोरखा १८, लमजुङ १२, तनहुँ १७, कास्की २५, मनाङ पाँच, मुस्ताङ पाँच, पर्वत १४, स्याङ्जा १३, म्यादी १४, बागलुङ १३, नवलपरासी ९पूर्व० १६, नवरपरासी (पश्चिम) २१, रुपन्देही ३२, कपिलवस्तु २१ र पाल्पा नौ दलले निर्वाचनमा भाग लिँदै छन् ।

अर्घखाँची ११, गुल्मी ११, रोल्पा सात, प्यूठान नौ, दाङ २१, बाँके २३, बर्दिया २०, सल्यान सात, डोल्पा पाँच, जुम्ला आठ, मुगु नौ, हुम्ला नौ, कालिकोट १४, जाजरकोट सात, दैलेख आठ, सुर्खेत १९, बाजुरा नौ, बझाङ सात, डोटी नौ, अछाम १०, दार्चुला १०, बैटडी १०, डडेलधुल्ला १०, काञ्चनपुर १९ र कैलाली २३ दल रहेका छन् ।

आयोगले राष्ट्रिय मान्यता प्राप्त ६ वटा दलबाहेक निर्वाचन प्रयोजनका लागि विभिन्न जिल्लामा दर्ता भएका साना दलहरुले पनि आफ्नै निर्वाचन चिन्हमा चुनाव लड्न पाउने निर्णय गरेको छ ।
देशभर ७९ वटा राजनीतिक दलहरुले आफ्नै चुनाव चिन्हमा उम्मेदवारलाई उठान पाउने भएका छन् ।

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्