Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

डिउटीमा रहेका प्रहरी जवान मृत अवस्थामा फेला

tribeni2

सल्यान / इलाका प्रहरी कार्यालय श्रीनगर सल्यानमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ छिवाङ घर भएका प्रहरी जवान पवन केसी मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन् । 

ईप्रका श्रीनगरको कार्यालय नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अवस्थामा केसीको शव भेटिएको हो। पवन गत फागुनमा मात्र सुर्खेतबाट काज सरुवा भएर सल्यान हाजिर भएकाे बताइएकाे छ । 

गएराती १० बजेदेखि २ बजेसम्म ईप्रका श्रीनगरको मेनगेटमा डिउटिमा रहेका केसी आज बिहान मृत अबस्थामा फेला परेको प्रहरिले बताएको छ। घटनाको कारण भने खुलेको छैन । उनी ३० मिटर छाङगोबाट खसेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

आज बिहान स्थानीय एक महिलाले शव देखेपछी प्रहरिलाई खबर गरेकी थिईन। घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  ०९:०३
प्रतिक्रिया दिनुहोस्