Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा बिप्लव कार्यकर्ता बिरुद्धका १८ थान मुद्धा फैसला

राजनीतिक आस्थाकै कारण मुद्धा खेपिरहेका ३२ कार्यकर्ताको मुद्धा टुंगियो
tribeni2

रुकुम पश्चिम / जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाका ३२ जना कार्यकर्ता बिरुद्धको मुद्धा किनारा लगाएको छ । तत्कालिन अवस्थामा प्रतिबन्धित नेकपा बिप्लव समुहका नेता कार्यकर्ताहरुलाई लगाईएका मुद्धाहरु प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको इजलासले टुङग्याएको हो ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बिप्लव कार्यकर्ता माथीका १८ थान मुद्धा टुङग्याईएको बताउँनुभयो । उहाँले लामो समयदेखि थन्किएर रहेका ती मुद्धाहरु गृह मन्त्रालयको निर्देशन अनुसार किनारा लगाईएको जनाउँनुभयो । प्रजिअ घिमिरेले जिल्ला सरकारी वकिल कार्यालसँगको आवश्यक समन्वयमा ती मुद्धाहरु फैसला गरी टुङग्याईएको जानकारी दिनुभयो । १८ थान मुद्धामा ३२ जना विप्लव कार्यकता प्रतिवादी रहेका थिए ।

१८ थान मुद्धा मध्य १७ थान सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसुर (अभद्र व्यवहार) सम्बन्धिका र एक थान केहि सार्वजनिक अपराध मुद्धा शिर्षकका मुद्धा हुन् । चन्दा असुली गरेको, धाकधम्की दिएको, आक्रमण गरेको, जनप्रतिनिधिको सार्वजनिक बेइज्यती गरेको, सरकार बिरुद्ध लागेको लगायतका आरोप सहित मुद्धा चलाईएको थियो । फैसलामा अधिकांश मुद्धा जरिवाना मार्फत किनारा लगाईएको हो ।

सरकारले तत्कालिन अवस्थामा नेकपालाई प्रतिबन्ध लगाएपछि उक्त समुहका नेता कार्यकर्ताहरु भूमिगत अवस्थामा रहेका थिए । उनीहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरेर मुद्धा चलाईएको थियो । प्रतिबन्ध फुकुवा भएको लामो समय बितिसक्दा पनि कार्यकर्ताहरु पटक पटक तारेख थाम्न आउँनु परेको भन्दै गुनासो गरिरहेका थिए । राजनीतिक आस्थाकै आधारमा पक्राउ परेर मुद्धा खेपिरहेका नेकपाका कार्यकर्ताहरु मुद्धा टुङिगएपछि खुशि भएका छन् ।

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १०:०३
प्रतिक्रिया दिनुहोस्