Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पत्रकार महासंघद्वारा बिरामीलाई फलफूल वितरण

स्थापना दिवसको अवसरमा प्रभातफेरि सम्पन्न
tribeni2

रुकुम पश्चिम / नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवस देशभर विविध कार्यक्रम आयोजना गरेर मनाईएको छ । पत्रकार महासंघ रुकुम शाखाले स्थापना दिवसको अवसरमा प्रभातफेरि कार्यक्रमका साथै अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।

दिवसको अवसरमा बुधबार बिहान सदरमुकाम मुसिकोट खलंगामा प्रभातफेरि कार्यक्रम र त्यसपछि जिल्ला अस्पताल सल्लेमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीले बताउँनुभयो । अस्पताल पुगेर बिरामीहरु स्वास्थ्य लाभको कामनासँगै भर्ना भएका १० जना बिरामीलाई फलफुल वितरण गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

बिहान सदरमुकामको खलंगा बजारमा र्‍यालि र एक औपचारिक कार्यक्रमका बिच स्थापना दिवसको अवसरमा शुभकामना साटासाट गरिएको गरिएको महासंघका जिल्ला शाखा सचिव हिरा परियाले बताउँनुभयो ।

प्रभातफेरि कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतम, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, पत्रकारहरुको पेशागत संगठनका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, बिद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।

पत्रकारहरुको छाता संगठन पत्रकार महासंघले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा बिरामी, गरिव तथा पिडित व्यक्तिहरुलाई सहयोग गरेर आफ्नो स्थापना दिवस मनाउदै आईरहेको छ ।

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १४:०३
प्रतिक्रिया दिनुहोस्