Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चुनाव चिन्ह अंकित पोशाक प्रदर्शन गर्न नपाईने

tribeni2

रुकुम पश्चिम /  चुनावमा राजनीतिक दलहरुले चुनाव चिन्ह अंकित विभिन्न सांकेतिक सामाग्रीहरु उत्पादन तथा प्रदर्शन गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचान आचारसंहिता, २०७८ अनुसार चुनावमा राजनीतिक दलहरुले चुनाव चिन्ह अंकित सांकेतिक सामग्री उत्पादन गरेर प्रदर्शन गर्न नपाइने भएका हुन् ।

निर्वाचन आचारसंहिता पालना गर्ने गराउने सम्बन्धि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले बिहिबार एक सूचना समेत जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेद्वारा जारी सूचना अनुसार निर्वाचन अंकित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याज र ट्याटु जस्ता सामग्री उत्पादन गर्न, प्रयोग गर्न, प्रर्दशन गर्न, विक्रि वितरण गर्न, गराउन पाइने छैन ।

निर्वाचन आंचारसहित २०७८ को दफा ४ (घ) मा व्यवस्था भए बमोजिम माथी उल्लेखित कार्यहरु राजनीतिक दलले गर्न नपाइने प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १६:०३
प्रतिक्रिया दिनुहोस्