Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

टाइफाइड रोग बिरुद्धको खोप अभियानबारे संचारकर्मीसँग अन्तरक्रिया

२०७८ चैत १८
tribeni2

रुकुम पश्चिम / स्वास्थ्य कार्यालय रुकुम पश्चिमले टाइफाइड रोग बिरुद्धको खोप अभियान बारे जिल्लामा क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । शुक्रबार सदरमुकाम मुसिकोटमा नियमित खोपमा टाइफाइड खोपको सुरुवातबारे पत्रकारहरुसँग अन्तरक्रिया गरिएको हो ।

टाइफइड खोप अभियानबारे जानकारी गराउँने, सामुदायीक पहुँचमा बृद्धि गर्ने र स्वास्थ्य सेवा कार्यालयले दिदै आएको विभिनन सेवाहरुबारे जानकारी दिने उद्धेश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाईजर कृष्णा खड्काले जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य अधिकृत कालिबहादुर ओलीले टाइफाइड रोग, यस बिरुद्धको खोप अभियान, विश्व तथा नेपालमा खोप र टाइफाइडको अवस्था, महत्व तथा आवश्यकताबारे प्रस्तुति राख्नुभएको थियो । जनस्वास्थ्य अधिकृत अधिकृत ओलीले चैत २५ गतेदेखि बैशाख २ गते सम्म रुकुम पश्चिममा खोप अभियान सञ्चालन गरिने बताउनुभयो ।

उहाँले जिल्लामा ३७५ खोप केन्द्र रहने, खोप दिने स्वास्थ्यकर्मी ४८२ जना हुने र खोप पाउँनुपर्ने अनुमानित जनसंख्या ४५ हजार ८७५ रहेका जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालयले संचालन गरेका बिभिन्न कार्यक्रमहरुको बारेमा पनि जानकारी गराईएको थियो । स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बिष्णुबहादुर बुढाथोकीले खोप लगाउनमा कोहि नछुटुन भनेर जानकारी प्रदान गरिएको, तालिम सञ्चालन गरिएको, अन्तरक्रिया गरिएको बताउँनुभयो ।

यो खोप अभियान १५ महिनादेखि १५ बर्ष मूनिका बालबालिकालाई लक्षित गरिएको उहाँले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  १०:०४
प्रतिक्रिया दिनुहोस्