Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बजेट भएन, पर्खाल बनेन

११ लाख ऋण निकालेर जग्गा र खानेपानीको जोहो
२०७८ चैत १८
tribeni2

रुकुम पश्चिम / जिल्लाको सानीभेरी गाउँपालिकामा रहेको एक बिद्यालयमा बन्न लागेको पर्खाल बन्दाबन्दै रोकिएको छ । गाउँपालिकाको वडा नम्वर १० मा रहेको सरस्वती मावि चिन्तुमा निर्माणाधिन पर्खालको काम बिचमै रोकिएको हो ।

वडा कार्यालयको दुई लाख रकम खर्च गरिएको १५ मिटर लामो २ मिटर उचाइको पर्खालले पुर्णता पाउन सकेको छैन । अहिले पर्खाल निर्माणको काम बन्द भने निर्माणका लागि ल्याईएका सामाग्री अलपत्र अवस्थामा छन् ।

विद्यालयका प्रधानध्यापक यामबहादुर खड्काले पर्खाल पुरा गर्नको लागि विद्यालयले लगानी गर्न सक्ने क्षमता नभएको बताउँनुभयो । उहाँले विद्यालय आफै ऋणमा रहेको समेत जानकारी दिनुभयो ।

विद्यालयको नयाँ भवन निर्माणका लागि ७ लाखको जग्गा खरिद गरेको र खानेपानी पाइप लाइन विस्तार गर्न ३ हजार मिटर पाइप किनेको ४ लाख ऋण तिर्न बाँकि रहेको प्रधानाध्यापक खड्काले बताउँनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर खड्काले प्रधानाध्यपकले विद्यालयको भौतिक संरचना, खानेपानी र विद्यालय वरिपरि पर्खाल निर्माणको लागि ऋण लिएको उल्लेख गर्नुभयो । विद्यालयको शैक्षिक गुणस्तर बढाउन सबैको सहयोगको अपेक्षा गरिएको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  १७:०४
प्रतिक्रिया दिनुहोस्