Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बिमानस्थलमै म्यादी छनौट (फोटोहरु)

tribeni2

रुकुम पश्चिम / स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी छनौटको काम देशभर भैरहेको छ । रुकुम पश्चिममा म्यादी प्रहरी छनौट गर्ने स्थलका रुपमा बिमानस्थललाई प्रयोग गरिएको छ ।

म्यादी भर्नाको लागि शारीरिक जाँच, स्वास्थ्य जाँच, परीक्षा सञ्चालनको लागि जिल्ला सदरमुकाममा रहेको सल्ले बिमानस्थललाई प्रयोग गरिएको हो ।

खुला ठाउँको अभावमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर बिमानस्थल प्रयोग गरेको प्रहरीको भनाई छ । गत चैत १५ गतेदेखि म्यादी छनौटको काम भैरहेको छ ।

जहाजको आउने र जाने समय भन्दा अघिपछि छनौटको काम भैरहेको हो । तर, सुरक्षा चुनौतिका हिसाबले यो कार्य जोखिमपूर्ण हो । बिमानस्थललाई सुरक्षाका दृष्टिकोण संवेदनशील मानिन्छ । सम्बन्धित निकायले उपर्युक्त खुला स्थान तथा खेल मैदान निर्माणमा ध्यान दिन जरुरी रहेको छ ।

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  ०९:०४
प्रतिक्रिया दिनुहोस्