Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यस्ता छन् उम्मेद्‍वार सिफारिस गर्न माओवादीका ६ मापदण्ड

पहिलेका प्रतिनिधिलाई सकभर नदोहोर्‍याउने
tribeni2

काठमाडौं / आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले उम्मेदवार सिफारिसको मापदण्ड तय गरेको छ । सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाएको माओवादीले पहिलेका प्रतिनिधिलाई सकभर नदोहोर्‍याउने भएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुक्रबार जारी गरेको सर्कुलरमा विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्‍याउने उल्लेख छ।

यस्ता छन् मापदण्डः

१. विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्‍याउने ।
२. देश जनता पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने ।
३. स्वच्छ छवि भएको हुनुपर्ने ।
४. विजयको सम्भावना भएको लोाकप्रिय व्यक्ति छनौटमा ध्यान दिने ।
५. पार्टी अनुशसानप्रति निष्ठावान हुनुपर्ने ।
६. समानुपातिक समावेशी प्रतिनिधित्वका आधारलाई विशेष ध्यान दिनुपर्ने ।

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  १०:०४
प्रतिक्रिया दिनुहोस्