Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा 'राष्ट्रव्यापी अभियान' शुभारम्भ

ओरेकले मनायो ३१ औ वार्षिकोत्सव
२०७८ चैत १९
tribeni2

रुकुममा राष्ट्रव्यापी अभियानको शुभारम्भ गरिएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल को ३१ वार्षिकोत्सवको अवसरमा रुकुम पश्चिममा ओरेकले राष्ट्रव्यापी अभियान कार्यक्रमको शुभारम्भ गरेको हो ।

शनिबार दिउँसो देशभरी नै महिला पुनःस्थापना केन्द्रले 'महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार : सामाजिक रुपान्तरणको आधार' भन्ने नाराका साथ राष्ट्रव्यापी अभियान शुभारम्भ गरेको हो ।

समाजमा महिला माथी भैरहेको अन्याय, अत्याचार र हिंसालाईमुक्त गर्दै महिलालाई हरेक तहको नेतृत्वमा ल्याउने उद्देश्यका यो राष्ट्रव्यापी अभियानको शुभारम्भ गरेको ओरेकका जिल्ला संयोजक दिपा धितालले बताउनुभयो । जिल्ला संयोजक धितालले कार्यक्रममा उक्त अभियान बारेको कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्र मार्फत ओरेक नेपालले यो अभियानमा मानव अधिकार एवम् सामाजिक न्यायमा प्रतिबद्ध सबैमा ऎक्यबद्धताका साथ सहभागी हुन अपिल गरेको छ ।

महिला मानव अधिकार रक्षक संजाल रुकुम पश्चिमका अध्यक्ष ब्युँझना पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुसिकोट नगरपालिका प्रमुख देविलाल गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) विष्णु प्रसाद सोति, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित कार्यालयका प्रमुख तथा प्रतिनिधि, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, पत्रकार लगायतको आतिथ्यता तथा उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  १६:०४
प्रतिक्रिया दिनुहोस्