Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूमे गाउँपालिकाको हाल सम्मको कार्य प्रगति सार्वजनिक

भूमे गाउँपालिका अरुभन्दा उत्कृष्ट
२०७८ चैत २०
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको भूमे गाउँपालिकाले पहिलो स्थानीय सरकारले हाल सम्म सम्पादन गरेका कार्य प्रगतिहरु सार्वजनिक गरेको छ ।

आईतबार गाउँपालिकाको कार्यालयमा जिल्लाका विभिन्न राजनीतिक दलहरु, पत्रकारहरु, स्थानीय बुद्धिजिवी तथा सर्वसाधारणहरुको उपस्थितिमा प्रगति विवरण सार्वजकि गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिं श्रेष्ठले सहभागीहरुलाई गाउँपालिकाले हाल सम्म गरेका कार्य प्रगतिको जानकारी गराउनुभएको हो ।

उहाँले स्थानीय सरकारको पहिलो कार्यकाल नीति, नियम निर्माण, योजना निर्माण, गाउँपालिकाको वस्तुगत अवस्था अध्ययनमा केन्द्रित हुनुका साथै केहि उदाहरणिय कार्य भएको जनाउनुभयो । उहाँले गाउँपालिकाले गरेका नीतिगत, भौतिक, आर्थिक, सामाजिक, मानवीय लगायतका क्षेत्रका प्रगतिहरु जानकारी गराउनुभएको छ ।

कार्यक्रममा सहभागी अतिथिहरुले भूमे गाउँपालिकाले अरु भन्दा उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरेका छन् ।

भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरको अध्यक्षतामा भएको कार्य प्रगति सार्वजनिकिकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा (विष्ट), नेकपा माओवादी केन्द्रका वैकल्पीक केन्द्रीय सदस्य मेघबहादुर श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सहसचिव धनप्रसाद बुढा, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य उपेन्द्रलाल कामी, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिंह श्रेष्ठ लगाएत वडाध्यक्षहरु, पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रशासन शाखा प्रमुख प्रेमप्रसाद भट्टराइले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १५:०४
प्रतिक्रिया दिनुहोस्