Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा बिमा दाबी रकम हस्तान्तरण

tribeni2

रुकुम पश्चिम / लुम्बिनी जनरल इन्स्योरेन्स शाखा कार्यालय रुकुम पश्चिमले कृषकलाइ बिमा दाबी रकम हस्तान्तरण गरेको छ ।

आइतबार जिल्लाको मुसिकोट नगरपालिकाको कार्यालयमा इन्स्योरेन्सद्वारा बिमितलाई ३२ वटा चेक हस्तान्तरण गरिएको लुम्बिनी जनरल इन्स्योरेन्सका कार्यालय रुकुम पश्चिमका शाखा प्रमुख मोतिलाल बोहराले जानकारी दिनुभयो ।

पशु बिमाका ३१ वटा र मोटर बिमाको १ गरेर जम्मा ३२ चेक अन्तरगर्त २१ लाख ९१ हजार ५ सय ७१ रुपैयाँ रकम हस्तान्तरण गरेको शाखा प्रमुख बोहराले बताउनुभयो ।

कार्यालय प्रमुख मोतीलाल बोहराको अध्यक्षतामा भएको बिमा दाबी रकम हस्तान्तरण कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख देविलाल गौतम, नगर पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटा, सिद्धार्थ बैंक रुकुम पश्चिमका शाखा प्रमुख ओपेन्द्र बिष्ट लगायतको कृषकहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा नगर प्रमुख गौतमले सवै चिजको अनिश्चित हुनेभएकाले विमा महत्व हुने बताउनुभयो । उहाँले कुषकले आफ्नो पेशा व्यवसाय गुमाउनुपरेको बेला बिमा कम्पनीले दिएको राहतले ठुलो टेवा पुग्ने भएकाले पशु तथा मोटर बीमाको पहुँच सबै बर्ग, समुदाय र दुरदराजका क्षेत्रसम्म पुर्याउन सबैको महत्वपूर्ण भुमिका रहनुपर्ने बताउनुभयो ।

यस्तै पशु तथा गाडी मोटरको बिमा गरेपछी अप्ठ्यारो परेको बेला बिमा कम्पनीले पिडितको घाउमा मलम लगाउने बिमा दाबी रकमको भुक्तानी पाएका सिद्धबाबा कृषि फर्मका संचालक काशिराम खत्रीले बताउनुभयो ।

आफ्ना घरका बाख्राहरु गुमाए पछि फेरी नयाँ बाख्रा किन्नलाई बिमाले ठूलो राहत दिएको अविनाश कृषि तथा पशुपालन फर्मका संचालक चन्द्र बहादुर खड्काले बताउनुभयो । बिमा दाबि रकम पाएका कृषकहरुले बिमाले व्यवसायको ग्यारेन्टी हुने रैछ भन्दै खुसि प्रकट गरेका छन ।

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १७:०४
प्रतिक्रिया दिनुहोस्