Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटमा चुनावी तालमेल गर्न सत्ता गठबन्धन सहमत

tribeni2

जाजरकोट / जाजरकोटमा आउँदो स्थानीय तहको चुनावका लागी तालमेल गर्न सत्ता गठबन्धनका दलहरु सहमत भएका छन। सत्ता गठबन्धनको केन्द्रीय निर्देशन अनुसार नै जाजरकोटमा पनि स्थानिय तहको निर्वाचनमा चुनावी तालमेल गरेर अगाडी बढ्ने सहमती भएको नेकपा एकिकृत समाजवादी जाजरकोटका अध्यक्ष कमान बहादुर खड्काले जानकारी दिनुभयो ।

आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी (केन्द्र), नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीकाका जिल्ला अध्यक्षहरुले संयुक्त रुपमा जारी गरेका वक्तव्य अनुसार जिल्लामा आगामी स्थानीय तहको निर्वाचनमा बिच चुनावी तालमेल गरेर अघि बढ्ने र गठबन्धनका काम कारबाहीलाई व्यवस्थित बनाउने निर्णय भएको छ ।

यस्तै चुनावी तालमेलको आवश्यक तयारीका लागी पार्टी प्रमुख सहित ३ ३ जना सदस्य रहने गरी १२ जनाको जिल्ला स्तरीय संयन्त्र निर्माण गर्ने र गठबन्धनको मर्ममा खलल पुग्ने गरी कुनै पनि गतिबिधि संचालन नगर्ने, नगराउने र जिल्लाकै अभ्यास अनुसार पालिका स्तरीय संयन्त्र गठन गर्ने सहमति भएको बताईएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  ११:०४
प्रतिक्रिया दिनुहोस्