Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

उम्मेदवार छनौट गर्न काङ्ग्रेस नेता गाउँमा

tribeni2

रुकुम पश्चिम /  नेपाली कांग्रेस रुकुम पश्चिमले बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागी उम्मेदवार छनौटको लागि नेताहरुलाई पालिकामा पठाएको छ ।

स्थानीय स्तरका सत्तारूढ दलबाट भ्रम सिर्जना गर्ने कार्यहरू भइरहेका कारण त्यसको वास्तविक जानकारी जनतालाई गराउन समेत नेतहरुलाई जिम्मेवारी तोकेको छ । यसका साथै उम्मेदवार छनौटमा सहजिकरण गर्ने उद्देश्यले नेताहरुलाई स्थानीय तहमा पठाउने निर्णय गरेको नेपाली कांग्रेस रुकुम पश्चिमले जनाएको छ ।

जानकारी अनुसार मुसिकोट नगरपालिकामा पार्टीका जिल्लाका कोषाध्यक्ष मोहविर खड्का, आठबीसकोट नगरपालिकामा जिल्ला सचिव तारकबहादुर शाही र चौरजहारी नगरपालिकामा महाधिवेशन प्रतिनिधि खडकबहादुर डाँगीलाई खटाइएको छ ।

यस्तै त्रिवेणी गाउँपालिकामा महाधिवेशन प्रतिनिधि गोर्खबहादुर खत्री, बाँफिकोट गाउँपालिकामा जिल्ला उप सभापति हर्कसिङ खत्री र सानीभेरी गाउँपालिकामा महासमिति सदस्य तिलक भण्डारीलाई जिम्मेवारी दिएर पठाइएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १०:०४
प्रतिक्रिया दिनुहोस्