Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

महिला साफ: नेपाल भारत दुवैको जित्ने दावी

tribeni2

नेपाल र भारतका महिला फुटबल टोलीले विराटनगरमा जारी साफ च्याम्पियनसिको उपाधि आफूले जित्ने दाबी गरेका छन् । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुँदैछ । खेल दिउँसो ३ बजेपछि विराटनगरको शहीद रंगशालामा सुरु हुनेछ ।

पुर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका हुनु । भारतले यसअघि चार पटक उपाधि जितिसकेको छ । नेपालले भारतसँग अघिल्ला दुई खेलमा एक जित र एक बराबरी खेलेका कारण यस पटक खेलाडीहरुको मनोवल उच्च छ ।


‘भोली हाम्रो दिन हो, पक्कै पनि हामी जित्ने छौं’ नेपाली फुटबल टोलीका प्रशिक्षक हरि खड्काले भने । यस्तैगरी नेपाली टोलीकी कप्तान निरु थापाले अहिलेसम्मकै उत्कृष्ठ खेल खेल्न तयार रहेको बताईन् । भारतीय टोलीकी प्रशिक्षक नेडुगान मायामुल रकीले यसपटकपनि उपाधी लिएर जाने दावी गरिन् ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  २२:०३
प्रतिक्रिया दिनुहोस्